भाेलि समाजवादी मोर्चाको घोषणा हुने – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भाेलि समाजवादी मोर्चाको घोषणा हुने

    मा प्रकाशित

दाङ, ३असार ।
भाेलि साेमबार समाजवादी मोर्चाको घोषणा हुने भएकाे छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा हुने भएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको मोर्चामा आबद्ध शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् ।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिलेदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्