राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने झुठो अभिव्यक्ति : प्रवक्ता श्रेष्ठ – Kanika Khabar
Friday, April 26Nepali News Portal

राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने झुठो अभिव्यक्ति : प्रवक्ता श्रेष्ठ

    मा प्रकाशित

कनिका खबर
असार २१, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने षडयन्त्र थालेको बताएपछि सत्तारुढ दल नेकपाका प्रवक्ताले यसलाई झुठो भनेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा स्टाटस राख्दै यस्तो बताएका हुन् । साथै उनले कसैले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न समेत आग्रह पनि गरेका छन् ।प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्