दाङ, ९ असार ।
अविरल वर्षा दाङको घोराहीको लागि सकस बन्दै जान थालेको छ । पानी निकासको लागि नाला व्यवस्थित नहुँदा पछिल्लो समयमा वर्षातमा घोराही बजारमा हिँडडुल गर्न तथा पसल सञ्चालनमा सकस देखिन थालेको छ ।

आज शनिबार दिउँसो परेको पानीले घोराही बजार जलमग्न बन्यो ।

घोराहीको तुलसीपुर चोकदेखि पश्चिममा पानीको निकास नै छैन ।

घोराही बजारको भानुचोकदेखि गुलरिया चोकसम्म, नेपाल बैंक लिमिटेड अगाडिदेखि सहिद गेट हुँदै जिल्ला प्रशासन कार्यालयसम्म र बुद्ध हस्पिटल अगाडिबाट धारापानी जाने रोडको भरतपुर क्याम्पसको लास्ट प्वाइन्टसम्म सडकमा पसेको पानी जाने निकास नै छैन ।

यी स्थानमा वर्षातमा पानी निकाससको समस्या भएका कारण पसल सञ्चालक तथा पैदल यात्रु एवम् दुई पाङ्ग्रै सवारी साधनका लागि निकै सकस बनेको छ ।

सबै तस्बिर : कुलदीप न्यौपाने


