जेम्सले मनायाे धान दिवस – Kanika Khabar
Sunday, May 19Nepali News Portal

जेम्सले मनायाे धान दिवस

    मा प्रकाशित

दाङ, १५ असार ।
दाङकाे घाेराहीस्थित गाेदावरी इङलिस मिडियम स्कुल (जेम्स) मा धान दिवसकाे अवसरमा शिक्षक तथा विद्यार्थीहरूले धान राेेपेका छन् । धान दिवसकाे अवसरमा जेम्सका शिक्षक तथा विद्यार्थीहरूले धान राेेपेका हुन् ।

आज असार १५ राष्ट्रिय धान दिवसका साथै दही चिउरा खाने परम्परा पनि रहेकाे छ । नेपाली संस्कृति र परम्परा पछिल्लो पुस्तासम्मलाई सिकाई गर्न धान राेप्नुका साथै दही चिउरा पनि खुवाएकाे विद्यालयका एमडि विष्णु दाहालले बताए ।

नेपाल कृषि प्रधान देश भएकाे सैद्धान्तिक विषय पढाउँदै आए पनि राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीलाई कृषि प्रणालीका बारेमा व्यावहारिक सिकाइ सिकाउनका लागि धान राेपाइमा सहभागी गराएकाे प्रिन्सिपल हरि पाैडेलले बताए ।

आज जेम्सका शिक्षक तथा विद्यार्थी घाेराही उपमहानगरपालिका वडा नं. २ का स्थान रामपुर, साइपुर पुगेर धान राेपेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्