गाेरखा मावि तुलसीपुरलाई `उत्कृष्ट मावि २०८०´ अवार्ड – Kanika Khabar
Sunday, May 19Nepali News Portal

गाेरखा मावि तुलसीपुरलाई `उत्कृष्ट मावि २०८०´ अवार्ड

    मा प्रकाशित

दाङ, १६ असार

दाङको तुलसीपुरस्थित गाेरखा माविले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ ।

फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रूपमा `उत्कृष्ट मावि २०८०´ अवार्ड प्रदान गरेको हो

आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच देशभरका उत्कृष्ट १० वटा  माध्यमिक  विद्यालयहरूलाई सम्मान गरिएको हो ।

समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत वर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिका माविहरूबाट उत्कृष्ट माविका रूपमा सम्मान गरिएको फोकस नेपालले बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा केसीलाई अवार्ड प्रदान गरेका थिए ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता, माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीकाे प्रमुख आतिथ्यता तथा माननीय तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेलकाे विशिष्ठ आतिथ्यता सम्पन्न भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्