घाेराही नगर प्याब्सनको आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न – Kanika Khabar
Sunday, May 19Nepali News Portal

घाेराही नगर प्याब्सनको आयाेजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

दाङ, १६ असार ।

घाेराही नगर प्याब्सनको आयाेजनामा आधारभूत तह (६-८) काे हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ ।

घाेराही नगर प्याब्सनको वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत आधारभूत तह (६-८) काे हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा सिद्धार्थ एकेडेमीका आर्शिका गाैतम, एलिस याेगी र प्रतिबिम्ब पन्थीकाे समूह विनर भएकाे थियाे ।

त्यस्तै गुरूकुल एकेडेमीका आर्यन घर्ती, स्वस्तिका ढकाल र सान्भी डाँगीकाे समूह फस्ट रनर अप भएका थिए भने माउन्टभ्यु इङ्लिस बाेर्डिङ स्कुलका संज्ञान अधिकारी, लक्ष्मी पाैडेल र भिजन वलीकाे समूह सेकेन्ड रनर अप भएका थिए ।

त्यस्तै ज्ञानमाला एकेडेमीका अदिती केसी, स्मारिका चाैधरी र प्रनित रिजालकाे समूह थर्ड रनर अप भएका थिए ।

नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

उपाध्यक्ष सूर्यबहादुर रावतकाे शुभकामना मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।
प्रतियोगितामा ४३ वटा समूह सहभागी भएका थिए । प्रतियोगितामा छनाैट चरण र अन्तिम चरण गरी दुई चरणमा सञ्चालन गरिएकाे थियाे ।
छनौट चरणमा क्विज मास्टरको भूमिका नवराज खत्री, बिमल भण्डारी , पदम गिरी र राजेन्द्र चन्दले सञ्चालन गरेका थिए भने अन्तिम चरणको क्विज नवराज खत्रीले सञ्चालन गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्