आत्मनिर्भर लघुवित्त बित्तीय संस्थाले दियो ८१ जनालाई छात्रवृत्ति – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आत्मनिर्भर लघुवित्त बित्तीय संस्थाले दियो ८१ जनालाई छात्रवृत्ति

    मा प्रकाशित

No description available.दाङ, १७ असार ।
आत्मनिर्भर लघुवित्त बित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय दाङले छात्रवृत्ति वितरण गरेको छ । संस्थाले आइतवार घोराही उप महानगरपालिका वडा नं १४ मा रहेको बालविकास मावि र वडा नं १५ मा रहेको सरस्वती मावि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।

बालविकासमा ४१ जना र सरस्वती माविका ४० जना गरेर ८१ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । विद्यालयले उपल्बध गराएको गरिव तथा जेहेन्दार विद्यार्थीहरुको विवरण अनुसार छात्रवृति प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक सोगतविर चौधरीले जानकारी दिए ।

विद्यार्थीहरुलाई प्रति व्यक्ति १ हजार ५ सयको दरले नगद रकम प्रदान गरिएको हो । ‘संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेका हौ’ कार्यकारी निर्देशक चौधरीले भने । संस्थाले सामाजिक कार्य अन्तरर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान, गरिव तथा विपन्न परिवारलाई सहयोग, स्वास्थ्य सिवीर तथा अन्य सामाजिक कार्यहरु गदै आएको छ ।

संस्थाले प्रदान गरेको छात्रवृत्तिले गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग पुग्ने सरस्वती माविका प्रअ बशन्ता पौडेलले बताइन् । छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई यसको सही सदुपयोग गनए समेत आग्रह गरिन् । विद्यालयका सहायक प्र अ दीपक श्रेष्ठले आर्थिक रुपमा विपन्न परिवारका बालवालिकाहरुलाई सहयोग पुग्ने बताए ।

कार्यक्रममा संस्थाका जनशक्ति व्यवस्थापनका प्रमुख नेपबहादुर चौधरीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हेमराज शर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्