सामाजिक उत्तरदायित्वमा गुरुकुल : प्रयोगात्मक व्यवसायको नाफाबाट बृद्धाश्रममा खाद्यान्न – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सामाजिक उत्तरदायित्वमा गुरुकुल : प्रयोगात्मक व्यवसायको नाफाबाट बृद्धाश्रममा खाद्यान्न

    मा प्रकाशित

May be an image of 4 people, people smiling and hospitalघोराही, १७ दाङ ।
दाङको घोराही उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमीका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको विभिन्न चोक चोकमा गरेको व्यवसायबाट भएको आम्दानीले घोराही १६ तेरौटेमा रहेको बृद्धाआश्रम मा खाद्यान्न सहयोग गरेका छन् ।

सैद्धान्तिक शिक्षा मात्र नभएर व्यावहारिक शिक्षाको पनि अनुभव गराउन स्कुलले विद्यार्थीहरुलाई व्यवसायमा खटाएको थियो । घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाइसँगै व्यावहारिक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको व्यवसाय गरेको थियो ।

कक्षा ११ व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु यो क्रियाकलापमा सहभागिीभएका थिए । विद्यार्थीले आफ्नै लगानीमा यो व्यवसाय सञ्चालन गरेका हुन । जसबाट फाइदा आएको रकम आज एक कार्यक्रम गरी बृद्धाश्रममा खाद्यान्न सहयोग गरेका हुन् ।

शिक्षासँगै व्यावहारिक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफूहरु सफल भएको र जुन उद्देश्य लिएर काम गसरएको थियो त्यो पूरा भएको विद्यालयका शिक्षक तथा प्लस टु व्यवस्थापन संयोजक कृष्ण देव थापाले बताए।

‘पढाइपछि भविष्यमा सबै विद्यार्थीहरु केही न केही पेसामा लाग्ने भएको हुँदा र कुनै विद्यार्थीहरु ब्यापारमा पनि लाग्ने भएको हुँदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानी कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रत्यक्ष रुपमा जानकारी मिलोस् भनेर आज यो व्यवसायको प्रयोगात्मक शिक्षा दिइएको हो ।’ विद्यालयका प्लस टु प्रमुख निमानन्द गैलेले बताए ।

यसरी विभिन्न संघसंस्थालाई संस्था चलाउन निकै सजिलो भएको बृद्धश्रम सञ्चालक समितिका अध्यक्ष भुपाल गिरीले बताए ।

कक्षा १२ मा अध्यणरत छात्रा स्विकृति आचार्यको अधयक्षता तथा बृद्धाश्रमका अध्यक्ष भुपाल गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले गरेका थिए ।

कार्यक्रममा कक्षा १२का विद्यार्थी गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डीसी , व्यवस्थापन संयोजक कृष्णदेव थापा लगायतको उपस्थिति रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्