कोरोना भाइरस विरुद्धको खोपको मानव परीक्षण भारतमा हुने – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

कोरोना भाइरस विरुद्धको खोपको मानव परीक्षण भारतमा हुने

    मा प्रकाशित

कनिका डेस्क
असार २१, दाङ
भारतमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोपको मानव परीक्षण हुने भएको छ । भारतको बायोटेक औषधि कम्पनीले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप ‘कोभ्याक्सिन’ १५ अगस्टमा सार्वजनिक गरिने तयारी गरिएको छ । भारतको औषधि निर्माता उद्योग बायोटेक र भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) को तर्फबाट खोप सार्वजनिक गर्न लागिएको हो । खोपको पूर्व क्लिनिकल अध्ययन सफलतापूर्वक पूरा भएको र अब मानव परीक्षणको पहिलो र दोस्रो चरणको सुरुवात गरिने आईसीएमआरले जनाएको छ ।

खोपलाई लिएर आईसीएमआरको प्रक्रिया विश्व स्तरमा स्वीकृत मापदन्ड अनुसार सहि रहेको पनि आईसीएमआरले जनाएको छ । भारत विश्वकै चौथो कोरोना प्रभावित मुलुक हो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्