सामाजिक परिक्षण कार्यक्रम सम्पन्न – Kanika Khabar
Monday, February 16Nepali News Portal

सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

    मा प्रकाशित

तुलसीपुर, १९ असार । नेपाल नेत्रज्योति संघ,छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तुको भवनको तला थपको कार्यको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७९÷८० मा लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अस्पालको सेवा सवलीकरणको लागि भौतिक पूर्वाधारको निर्माणकोे सामाजिक परिक्षण कार्यक्रम भएको हो ।

खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशमबहादुर खड्काको अध्यक्षता तथा कृष्णनगर नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक आरतिदेवि चौधरीको प्रमुख आतिथ्यता नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशेष उपस्थीतिमा भएको कार्यक्रममा सहभागीहरुले भौतिक निर्माणसंगसंगै जनताहरुले सहज सेवा पाउने बताए ।

सामाजिक परिक्षण कार्यक्रममा नेपाल नेत्रज्योति संघ, छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तु र लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा अस्पालको सेवा सवलीकरणको लागि भौतिक पूर्वाधारको निर्माण कार्यका लागि गरिएका प्रकृयाको बारेमा विस्तृत रुपमा प्रस्तुति करण प्रमुख प्रशासक समशेर थापाले गरेका थिए भने छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तुका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले हालसम्म निर्माण कार्यका लागि गरिएका प्रयास र इन्जिनियर विक्रमबाबु केसीले लागत स्टमेटको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृृष्णकुमार गिरीले भौतिक निर्माणका लागि सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए । उनले आफुहरुले सञ्चालन गरेका अस्पतालहरुलाई भौतिक तथा साधन स्रोत सम्पन्न गराउन तर्फ लागेको बताएका थिए । अस्पतालको ६० र स्वास्थ्य मन्त्रालयको ४० प्रतिसत गरि लागत साझेदारीमा अस्पतालको ओटीभवनको तला थप कार्यगरिएको छ ।

कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं. ९का वडाध्यक्ष सतिसकुमार हरिजनले अस्पतालको विकासका लागि आफुहरुले सधै सहयोग गर्ने भन्दै भवनको तला थपभएकोमा खुसी व्यक्तगरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य, वडासदस्य, समाजसेवि तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्