साइन रेसुङ्गा बैंक दाङद्वारा सरस्वती माविलाई शैक्षिक उपकरण सहयोग – Kanika Khabar
Saturday, May 18Nepali News Portal

साइन रेसुङ्गा बैंक दाङद्वारा सरस्वती माविलाई शैक्षिक उपकरण सहयोग

    मा प्रकाशित

दाङ, असार २० ।

व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत शाइन रेसुङ्गा बैंक लिमिटेड दाङले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक उपकरण सहयोग गरेको छ ।
घोराही १५ स्थित सरस्वती मावि काठेकोललाई बुधबार एक कार्यक्रम गरि शाइन रेसुङ्गा बैंक लिमिटेड दाङ शाखाले शाइन डिजिटल स्कुल प्रोजेक्ट अन्तरगत शैक्षिक उपकरण प्रदान गरेको हो ।
शाइन रेसुङ्गा बैंक लिमिटेड दाङ शाखा क्लस्टर प्रमुख मेघराज पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्य एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम गरि विद्यालयलाई कम्प्युटर, प्रोजेक्टर र रंगीन फोटोकपी मसिन हस्तान्तरण गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि पाण्डेले बैंकहरु वित्तीय सेवा प्रदान गर्दै मुनाफाका लागि स्थापित भएपनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने अवस्थामा शाइन रेसुङ्गा बैंक लिमिटेड दाङले आफ्नो जिम्मेवारी वहन गरेको बताउनुभयो ।
बैंकले गरेको सहयोगले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने मात्रै नभई शैक्षिक विकासमा ठूलो राहत मिलेको बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहजता ल्याउन गरिएको सहयोग जस्तै आगामि दिनमा विद्यार्थीलाई वित्तीय सारक्षता कक्षासमेत संचालन गर्न अपिल गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बजार क्षेत्रमा रहेको सामुदायिक विद्यालय भएपनि सबैको उपेक्षामा पर्दा पछि परेको बताउँदै शैक्षिक उन्नयनका लागि सबैको साथ सहयोग विद्यालयले खोजेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक बसन्ता पौडेलले शाइन रेसुङ्गा बैंक लिमिटेड दाङले आफ्नो विद्यालय छनोट गरि शाइन डिजिटल स्कुल प्रोजेक्ट अन्तरगत सामाजिक उत्तरदायित्वको काम गरेकोमा विद्यालय निकै उत्साहित भएको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक कृयाकलापमा बैंकले प्रदान गरेको सामग्रीको भरपूर उपयोगमा लगाउने बताउनुभयो ।
बैंकले आगामी दिनमा विद्यालयको पूर्वाधार विकासलगायत वित्तीय साक्षरता कक्षा संचालन गर्ने काममा सरस्वती माविबाट थालनी गर्ने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा दाङ शाखा क्लस्टर प्रमुख पोख्रेलले वित्तीय साक्षरताको आवश्यकता, महत्व एवम् वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
शाइन रेसुङ्गा बैंक लिमिटेड तुलसीपुर शाखा प्रबन्धक दीपेन्द्रबहादुर थापाले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजीकरण दाङ शाखा प्रबन्धक गणेश बुढाथोकीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्