घुस सेटिङ प्रकरणप्रति नागरिक समाज दाङकाे गम्भीर ध्यानाकर्षण – Kanika Khabar
Monday, February 16Nepali News Portal

घुस सेटिङ प्रकरणप्रति नागरिक समाज दाङकाे गम्भीर ध्यानाकर्षण

    मा प्रकाशित

घाेराही, २४ असार ।
नागरिक समाज दाङले राप्ती नदीमा कुलो खन्ने नाममा नदीजन्य वस्तु उत्खनन् गर्दा सेटिङ मिलाउन जिल्लाका प्रशासन तथा सुरक्षा प्रमुख सहित जनप्रतिनिधि र पत्रकारसम्मलाई लाखौं रकम घुस दिएको गम्भीर आरोप सार्वजनिक भएको घटना प्रति गम्भिर
ध्यानाकर्षण भएको जनाएको छ।
समाजका संयाेजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले अाईतबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिताका बारेमा नागरिक समाजले पटक पटक स्थानीय प्रशासनलाई ध्यान आकर्षण गराउँदै आउँदा पनि यस किसिमको घटना हुनु दुर्भाग्यपूर्ण रहेकाे उल्लेख गर्नुभएको छ ।

जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन नै यसप्रकारका घटनाकाे आरोपित भएकोले भ्रष्टाचार सम्वन्धि अनुसन्धान गर्ने राज्यका अन्य निकाय समेतले घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न नागरिक समाज दाङले आग्रह गरेकाे छ ।

‘जिल्लामा हुने गरेको भ्रष्टाचार र अनियमिताका बारेमा नागरिक समाजले पटक पटक स्थानिय प्रशासनलाई ध्यान आकर्षण गराउदै आउदा पनि यस किसिमको घटना हुन दुर्भाग्यपूर्ण छ’ विज्ञप्तिमा भनिएको छ ‘जिल्लामा भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पुलिस प्रशासन‌ नै यो घटनामा आरोपित भएकोले भ्रष्टाचार सम्वन्धि अनुसन्धान गर्ने राज्यका अन्य निकाय समेतले यो घटनाको सत्य तथ्य अनुसन्धान गरी सार्वजनिक गर्न र दोषिलाई कारवाहि गर्न नागरिक समाज दाङ आग्रह गर्दछ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्