मन्त्री मास्कीको पहलमा हापुरेमा ढल निकास – Kanika Khabar
Monday, February 16Nepali News Portal

मन्त्री मास्कीको पहलमा हापुरेमा ढल निकास

    मा प्रकाशित

दाङ,२५ असार ।

दाङको एतिहासिक बजार हापुरेमा ढल निकासको समस्या समाधान भएको छ । बबई गाउँपालिका वडा नं.५ स्थित हापुरे बजारमा यस अघि ढल निकास नहुँदा डुवान हुने अबस्था थियो ।

 

तर, अब त्यो समस्या हटेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा प्रदेश सरकारको २० लाखको अनुदान र जनश्रमदानबाट ढल निकास निर्माण भएको हो ।

 

ढल निकासको काम पूरा भएपछि मन्त्री मास्कीले सोही स्थानको अनुगमन गरेका छन् । त्यस अवसरमा उनले पश्चिम दाङका धेरै समस्याहरु तत्काल हल गर्ने गरि काम अघि बढाएको समेत बताए । उनले विकास निर्माणको कामलाई दिगो र प्रभाबकारी बनाउनकालागि नियमित अनुगमन गर्ने समेत बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्