विकट क्षेत्रका अस्पतालबाट पनि विशेषज्ञ सेवा प्रदान गरिने – Kanika Khabar
Monday, February 16Nepali News Portal

विकट क्षेत्रका अस्पतालबाट पनि विशेषज्ञ सेवा प्रदान गरिने

    मा प्रकाशित

प्यूठान, २६ असार ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशका पहाडी तथा विकट क्षेत्रमा स्तरिय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले योजनाबद्ध ढँगले काम गरिरहेको बताउनुभएको छ ।

प्युठान जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालय प्युठानको अनुगमण निरिक्षणका क्रममा स्वास्थ्य मन्त्री खनालले पहाडी तथा विकट क्षेत्रका स्वास्थ्य सँस्थामा थप सुविधा दिएर भए पनि चिकित्सक पु¥याइन यस पटक बजेट मै व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रदेशका तराईका जिल्लामा निजी क्षेत्रबाट समेत स्वास्थ्य सेवा प्रदान भैरहे पनि पहाडी क्षेत्रका नागरिकको पहुँचमा अझै पनि बिशेषज्ञ चिकित्सकीय सेवा पुग्न नसकेको भन्दै मन्त्री खनालले यो विषयलाई गम्भिर रुपमा लिएर मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

प्रदेश निजामती ऐन छिटै आउने र त्यो ऐन आइसकेपछि स्वास्थ्य क्षेत्रमा अहिले देखिएको जनशक्तिको समस्यालाई व्यवस्थापन गरिने बताउनुभयो । मन्त्री खनालले आर्थिक अबस्थाका कारण धेरै क्षेत्रमा लगानी गर्न नसकिने भएकाले भएको श्रोत अधिक्तम प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्ने अबस्था विद्यमान रहेको बताउनुभयो । अस्पताल अनुगमणका क्रममा मन्त्री खनालले जनताको गुनासो नआउने गरि मिलेर सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

मन्त्री खनाललाई प्यूठान अस्पतालका निमित्त मेसु डा प्रमिला खनालसहित अस्पतालका शाखा प्रमुखहरुले सेवा प्रवाह र समस्याका बारेमा जानकारी गराएका थिए । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमा प्यूठान जिल्ला समन्वय समितिका प्रमुख धर्मवहादुर जिसी, जनस्वास्थ्य प्रमुख हेमराज पाण्डे लगायतले स्वागत गर्दै जिल्लाको समग्र स्वास्थ्य अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

अनुगमणमा मन्त्री खनालसँगै प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, स्वास्थ्य सचिव डा जनार्दन पन्थीलगायतको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्