मा प्रकाशित
काठमाडौँ, २७ असार ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सुरु हुँदैछ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि सुरू हुन थालेकाे हाे ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठन सबन्धी निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने छ ।
कांग्रेसको विधानमा केन्द्रीय समिति बैठक हरेक दुई-दुई महिनामा बस्नुपर्ने प्रावधान रहेकाे छ ।


