नेकपामा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर अभियान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपामा केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर अभियान

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
सत्तारुढ दल नेकपामा विवाद चुलिदै जाँदा पार्टी नेतृत्वलाई एकताका लागि मिल्न देशभरि नेताकार्यकर्ताले दवाव अभियान सुरु गरेका छन् । दवाव अभियान अन्तर्गत यतिबेला हस्ताक्षर अभियान पनि सुरु भएको छ ।
नेकपाको आन्तरिक विवाद समाधान गर्न नेतृत्व असफल हुँदै गएको भन्दै केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर सङ्कलन सुरु भएको हो  । उच्चतहका कमिटी असफल भएको भन्दै नेताहरूले केन्द्रीय कमिटी बोलाउन हस्ताक्षर अभियान चलाएका हुन् । हस्ताक्षर सङ्कलन गर्नेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेता रहेका छन् । सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, ठाकुर गैरे, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायतले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।   अहिलेसम्म करिब ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर सङ्कलन गरिसकेको केन्द्रीय सदस्य गैरेले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्