एसइइ २०७९ दाङ : उत्कृष्ट तीनलाई तीन प्रश्न – Kanika Khabar
Saturday, May 4Nepali News Portal

एसइइ २०७९ दाङ : उत्कृष्ट तीनलाई तीन प्रश्न

    मा प्रकाशित

एसइइ २०७९ को नतिजा सार्वजनिक भएपश्चात उत्तीर्ण विद्यार्थीहरु आफ्नो रुचि र लक्ष्य अनुसारको विषय पढ्ने तयारीमा रहेका छन् । उत्तीर्ण विद्यार्थीहरुले विभिन्न विद्यालयमा प्रवेश परीक्षा दिइरहेका छन् । एसइइ २०७९ मा दाङबाट सहभागी भएका विद्यार्थीहरु मध्ये तीन जनाले सर्वोत्कृष्ट नजिता लिएका छन् । अक्षरारङ्कन पद्धति अनुसार ४ जिपिए प्राप्त गरेर जिल्लकै सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका हुन् । जिल्लाको तुलसीपुरमा रहेको अमर इङ्लिस बोर्डिङ स्कुलकी लोचना अधिकारी, तुलसीपुरकै ज्ञानज्योति माविकी जेनिशा सुवेदी र घोराहीको गुरुकुल एकेडेमीका शुभम पोख्रेलले ४ जिपिए प्राप्त गरेका हुन् । कनिका खबरको टिमले उत्कृष्ट तीन विद्यार्थीलाई तीन प्रश्न सोधेको छ । प्रस्तुत छ सर्वोत्कृष्ट नतिजाका लागि आवश्यक पठन शैली, वातावरण, पठन संस्कृति तथा भावी योजनाका बारेमा उनीहरुको विचार ।

 


लोचना अधिकारी
अमर इङ्लिस बोर्डिङ स्कुल

 ४ जिपिए प्राप्तका लागि कस्तो पठन संस्कृति र पठन शैलीको आवश्यक रहन्छ ?
वर्तमान समयमा विद्यार्थीले आफ्नो मिहिनेत र परिश्रमले जस्तोसुकै कार्यलाई पनि सक्षम बनाउन सक्छ । त्यसैले उत्कृष्ट जिपिए प्राप्तीका लागि विद्यालयमा शिक्षकहरुले दिएको ज्ञानलाई निरन्तर अभ्यास गर्नुका साथसाथै दिन प्रतिदिन आफ्नो शिक्षण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनुु पर्दछ । त्यसैगरी विद्यालयमा पढेको कुरालाई मात्र प्राथमिकता नदिएर स्वयम् विद्यार्थीले घरमा अन्य पुस्तकहरुद्वारा आफ्नो ज्ञान अझै बढाउनु पर्दछ । ४ जिपिएका लागि सामान्य अध्ययनले हुँदैन । हामीले भाषा लगायतका सैद्धान्तिक विषयका प्रश्नहरुलाई कसरी समाधान गर्ने, उत्तर लेखनशैलीमा कसरी पुथक्ता दिने, अध्ययनको दायरालाई जतिसक्यो फराकिलो र गहन बनाउन जरुरी छ । यसका साथै पाठ्यपुस्तक मात्र नभई पाठ्यक्रममा आधारित रहेर अध्ययन गर्नु पर्दछ । पठ्यपुस्तकभित्रका मात्र प्रश्न नआउन सक्छन् तर पाठ्यक्रमभन्दा बाहिरका प्रश्न भने आउँदैनन् ।

सर्वोत्कृष्ट नतिजाका लागि पछिल्लो पुस्तालाई कसरी अध्ययन गर्ने सुझाव दिनुहुन्छ ?

उत्कृष्ट नतिजा प्राप्त गर्नुको लागि शिक्षण क्षेत्रमा निरन्तर जोड दिनु पर्दछ जस्तो मलाई लाग्दछ । विद्यार्थीले आफ्नो क्षमता र सम्झन सक्ने कुरालाई अबलोकन गरी कसरी पढ्दा आफूलाई सहज हुन्छ, त्यो तरिका अपनाएर पढ्नु पर्दछ र मिहिनेत गर्न छोड्नु हँुदैन । यसैगरी परीक्षामा उत्तर लेख्दा प्रश्नको भाव बुझेर उत्तरमा केन्द्रित हँुदै सटिक भाषामा उत्तरको सार प्रश्नको उद्देश्यलाई प्रष्ट पार्नु पर्दछ । हस्तलेखन स्वच्छ र उत्कृष्ट हुनु पर्दछ यी कुरालाई मध्यनजर गर्दै परीक्षा सम्पन्न गर्दा विद्यार्थीको जिपिए उत्कृष्ट बन्न पुग्छ भन्ने मलाई लाग्दछ ।

 

 तपाईको भावी योजना के छ ? र कार्यान्वयनका लागि अध्ययनलाई कसरी अगाडि बढाउने सोंचमा हुनुहुन्छ ?

सम्पूर्ण विद्यार्थीहरुको उद्देश्य भनेको आफ्नो जीवनमा थुप्रै ज्ञान आर्जन गर्नु हो । त्यसैगरी म पनि जीवन उपयोगी तथा व्यावहारिक ज्ञान हासिल गर्नमा केन्द्रित छु । आफूले सकेजति निरन्तर मिहिनेतका साथ आफूले देखेका सपनालाई साकार बनाउने क्षमता तयार गर्छु भन्ने सोच छ । अहिलेलाई सामान्य उद्देश्य छ आगामी दिनहरुमा (११ र १२) कक्षामा विज्ञान विषय लिएर आफ्नो रुचि अनुसारले निरन्तर प्रयासद्वारा आफ्नो उद्देश्यलाई पूरा गर्नेछु ।

 

जेनिशा सुवेदी
ज्ञानज्योति मावि तुलसीपुर

 ४ जिपिए प्राप्तका लागि कस्तो पठन संस्कृति र पठन शैलीको आवश्यक रहन्छ ?

४ जिपिए भनेको सबै विषयमा बराबर मिहिनेत पारेपछि मात्र प्राप्त गर्न सकिने कुरालाई मैले अपनाएर नै सफल भएको हुँ । ४ जिपिए प्राप्त गर्नका लागि सबै विषयमा उत्तिकै लगनशील, ध्यान र इच्छाशक्ति हुनुपर्छ र शिक्षकशिक्षिकाहरूले पनि सबै विषयको महत्व विद्यार्थीमाझ चेतनाको ज्योति जसरी चम्काउन सक्नुपर्दछ । एउटै विषयमा मात्र ध्यान दिनाले त्यस विषय बाहेक अरुबाट प्राप्त हुने ज्ञान पनि छुट्ने भएकाले म सबैलाई सबै विषयमा घ बराबर ध्यान दिएर पढ्नु पर्दछ ।

सर्वोत्कृष्ट नतिजाका लागि पछिल्लो पुस्तालाई कसरी अध्ययन गर्ने सुझाव दिनुहुन्छ ?

पछिल्लो पुस्तालाई दिने मेरो पहिलो सुझाव चाहिँ रटेर भन्दा बुझेर पढ्नुपर्छ । धेरै भाइबहिनीले बुझन नसकेको कुरा मलाई के लाग्छ भन्दा ‘बोलेर पढ्नु भनेको घोक्नु र आवाज ननिकाली पढ्नु भनेको बुझेर पढ्नु हो ।’ यस्तो कुरामा विश्वास नगरी पढ्दा नै उचित हुन्छ । त्यस्तै आफूसँग भएका इन्टरनेटका स्रोतको उपयोगले पनि पढ्नमा सहयोग गर्छ । अन्ततः सबैले हार नमानेर, अल्छी नगरेर, आफूमा विश्वास गरेर मिहिनेत गर्दै जाँदा पक्कै पनि सफल हुन सकिन्छ ।
अर्को कुरा चाहिँ वर्तमानमा प्रतिस्पर्धा एकदमै धेरै भएकाले अर्को साथी अघि बढ्यो, मैले सकिन भन्ने कुरा दिमागमा ल्याएर हार मान्नु मूर्खता हो । त्यसैले आफूले त्यस कुरालाई सकारात्मक रूपमा लिएर मिहिनेतको महत्व बुझनुपर्छ । त्यस्तै गुरुहरु र अभिभावकले भनेका कुरा सुन्ने र मान्ने गर, उहाँहरूलाई नराम्रो भनेर तिमी खतरा होइन मूर्ख हुन्छौ ।

 

 तपाईको भावी योजना के छ ? र कार्यान्वयनका लागि अध्ययनलाई कसरी अगाडि बढाउने सोंचमा हुनुहुन्छ ?

आफ्नो भविष्य उज्जवल बनाउनका लागि सबैले योजनाहरू बनाउने कुरा त एकदमै स्वभाविक हो । जीवन आफूले सोचे जस्तो हुने हो कि होइन भन्ने कुरा निर्धारित नभए तापनि मलाई पनि आफ्नो योजनामा अडिग रहने त कुरा नै लाग्छ । त्यस्तै मैले पनि भविष्यमा गएर अहिलेसम्मको जस्तै मिहिनेत गरेर एक सम्मानित र आफ्नै खुट्टामा उभिन सक्ने नारी बन्नु छ । त्यसका लागि म आफ्नो शिक्षामालाई निरन्तरता दिएर पछि नहटी, आफ्ना योजनालाई साकार पार्ने प्रक्रियामा लागिपर्ने छु ।

शुभम पोख्रेल
गुरुकुल एकेडेमी

४ जिपिए प्राप्तका लागि कस्तो पठन संस्कृति र पठन शैलीको आवश्यक रहन्छ ?

सर्वप्रथम, मेरो नाम शुभम पोख्रेल। म घोराहीस्थित गुरुकुल एकेडेमीबाट २०७९ सालमा एसइइ परीक्षा दिएको विद्यार्थी हुँ। यस सफलताको सम्पूर्ण श्रेय आफ्ना बुबा(आमा र घर(परिवार लगायत आफ्ना गुरु र विद्यालयलाई दिन चाहन्छु। मेरो विचारमा ४ जिपिए ल्याउनु भनेको असम्भव कुरा होइन । जो कोहीले पनि यो नतिजा ल्याउन सक्छ भन्ने मेरो भनाइ रहेको । मात्र निरन्तर मेहनत र लगनशीलता हुनु पर्दछ। मेरो विचारमा, आफूलाई जसरी सजिलो हुन्छ त्यही हिसाबले पढ्दा राम्रो हुन्छ। पढ्ने क्रममा किताबमा मात्र केन्द्रित भने हुनु हुँदैन। आफूले सकेसम्म ज्ञान आर्जन गर्नु पर्दछ । आजभोलि इन्टरनेटको युग हो। मोबाइल र इन्टरनेटको प्रयोग गर्दैमा कोहि विद्यार्थी नराम्रो हुँदैन। इन्टरनेट भनेको ज्ञानको सागर हो र यसबाट धेरै ज्ञान पाउन सकिन्छ। मैले आफै किताबबाट मात्र नभएर इन्टरनेटबाट पनि पढ्ने गर्थे। यसो गर्दा नयाँनयाँ कुरा सिक्ने अवसर प्राप्त हुन्छ। किताबी ज्ञान मात्र नभएर सम्पूर्ण ज्ञान पाउन आवश्यक छ। तसर्थ, म किताबी दुनियाबाट बाहिर निस्केर चारैतर्फको ज्ञान प्राप्त गर्ने पठनशैली आवश्यक ठान्दछु।

सर्वोत्कृष्ट नतिजाका लागि पछिल्लो पुस्तालाई कसरी अध्ययन गर्ने सुझाव दिनुहुन्छ ?

मैले भनेझैं, ४ जिपिए ल्याउन त्यति गाह्रो कुरा होइन। निरन्तरको मेहनतले जसले पनि राम्रो नतिजा प्राप्त गर्न सक्छ। ४ जिपिए मात्र राम्रो नतिजा हो भन्ने कुरा पनि गलत हो। विद्यार्थीले आफ्नो क्षमता अनुसार सकेसम्म परिश्रम गरेर कुनै जिपिए ल्याउछ भने त्यो नै सर्वोत्कृष्ट जिपिए हो।
म मेरा जसनियर लाई किताबबाट बाहिर निस्केर पढ्ने सल्लाह दिन्छु। किताबमा मात्र सबै कुरा हुदैन भन्ने मेरो विचार हो। राम्रो नतिजा ल्याउन चाहने सबैले आफ्नोतर्फ बाट परिश्रम गर्न जरुरी छ। गुरुको निरन्तरता, घरपरिवारको सहयोग र विद्यार्थीको आफ्नो मेहनतले जसले पनि राम्रो नतिजा ल्याउन सक्छ।

 तपाईको भावी योजना के छ ? र कार्यान्वयनका लागि अध्ययनलाई कसरी अगाडि बढाउने सोंचमा हुनुहुन्छ ?

जिल्लामै उत्कृष्ट नतिजा आएपछि मेरो खुसीको कुनै सीमा छैन। साथसाथै, दाङ्ग जिल्लामा ४ जिपिए ल्याउने अरु २ जना साथीहरुलाई पनि पनि बधाई दिन चाहन्छु । नेपालभरिका सबै साथीहरुलाई पनि म बधाई दिन चाहन्छु । ४ जिपिए जस्तो उत्कृष्ट नतिजा प्राप्त गरिसके पछि सबै जनाबाट पाएको बधाई र शुभकामनाले म निकै खुसी भएको छु। म सबैलाई धन्यबाद पनि दिन चाहन्छु।
अब म आफ्नो उच्च शिक्षाका लागि काठमाडौँ आएको छु। यहाँको फरक वातावरणमा बस्न केहि गाह्रो त पक्कै होला। तर दुस्ख नगरी पक्कै फल प्राप्त हुदैन। ं२ मा म विज्ञान विषय ल्याउने सोचमा छु। त्यसपछि आइटि सेक्टरबाट म निजामती सेवातर्फ जाने प्रयास गर्ने छु। अन्त्यम देशम नै बसेर देशको सेवा गर्ने मेरो चाहना रहेको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्