आज काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जनका विषयमा छलफल हुनेछ । हिजो नेकपाको विवाद र सत्ता परिवर्तनको खेलमा काङ्ग्रेस लाग्ने कि नलाग्ने भन्ने विषयमा बैठकमा बढी छलफल भएको थियो ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालयमा हिजोदेखि सुरु केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिकाबारेमा छलफलको हुने बताइएको छ । आगामी फागुनमा केन्द्रीय महाधिवेशन गर्ने पुरानो कार्यतालिका यथावत राखी गाउँदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिमार्जन गरिने प्रस्तावमा छलफल भइरहेको छ । बैटक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्