विवाद मिलाउन नेकपाका दुई अध्यक्षको वार्ता – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

विवाद मिलाउन नेकपाका दुई अध्यक्षको वार्ता

    मा प्रकाशित

कनिका खबर
असार २२, काठमाडौँ ।
सत्तारुढ दल नेकपाको आन्तरिक विवाद मिलाउन नेकपाभित्र छलफल सुरु भएको छ । दुई अध्यक्षबीच आज पनि छलफल बताइएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटि बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच हिजो भएको छलफलको आधारमा नै आज छलफल सुरु हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
शीर्ष तहमा सहमतिको प्रयास गर्नका लागि नेकपाको स्थायी कमिटी बैठक पटकपटक सर्दै आएको छ । हिजो पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो तर कुनै सहमति भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्