दाङ, ३० असार ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अधिवेशन आउँदो असोज १३ गते शनिवार गरिने भएको छ । संघको आज शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले संघको अधिवेशन असोज १३ गते शनिबार र साधारण सभा असोज ६ गते शनिबार गर्ने सर्व सहमतिमा निर्णय भएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । बैठक संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा बसेको हो ।
बैठकमा व्यावसायीहरुका समस्याहरुका विषयमा छलफल तथा संघले गदै आएका कामहरुका बारेमा समीक्षा गदै आगामी दिनमा कसरी अगाडि बढने भन्ने विषयमा समेत छलफल गरिएको थियो ।


