दाङमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

दाङमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला

    मा प्रकाशित

दाङ,साउन ८ ।

दाङमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला पारेको छ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका- ५ जमुनिवासको जंगलमा बेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो।

हरियो रंगको प्लास्टिकको झोला बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको थियो। झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताइन्।

पुच्छरदेखि टाउको सम्म ७ फिट ४ इच्छको छाला बरामद गरिएको हो। बरामद गरिएको छाला निकासीको लागि त्यहाँ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

छाला ओसारपसारमा संलग्नहरूको पहिचान नभए पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

साउन ५ गते प्रहरीले छाला बरामद गरेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्