नेकपा विवादः दुई अध्यक्षबीचको छलफल सकारात्मक – Kanika Khabar
Friday, May 23Nepali News Portal

नेकपा विवादः दुई अध्यक्षबीचको छलफल सकारात्मक

    मा प्रकाशित

कनिका संवाददाता
असार २२, काठमाडौं

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको आजको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । भेटमा नेकपा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको समेत बताउनुभएको थियो ।

बैठकमा अध्यक्ष दाहालले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने बताउनुभएको थियो । दोस्रो तहका नेताहरू भन्दा पनि आवश्यक परे वरिष्ठ नेतालाई बैठक राख्न जरूरी रहेको प्रचण्डको भनाइ छ । उहाँले वरिष्ठ नेताहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने समेत बताउनुभएका थियो । यसअघि हिजोको भेटमा दुवै पक्षका केही नेताहरूलाई राखेर अनौपचारिक कार्यदल बनाइएको बालुवाटारले बताएको थियो । नेकपाको आजको लागि बोलाईएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्