
दाङ, ११ साउन ।
दाङको एक खोलामा बेपत्ता भएका युवक अझै फेला परेका छैनन् । यही साउन ९ गते घोराही उपमहानगरपालिका–७ शुक्रवारस्थित जंगुवा खोलामा माछा मार्ने क्रममा घोराही–१० का २८ वर्षीय सुनिल पुन मगर बेपत्ता भएका हुन् ।
उनी बगेको सूचना पाए लगतै प्रहरी र स्थानीयले खोजी गर्न सुरु गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयले खोजी गर्दासमेत बेत्तपा युवकलाई तीन दिनसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार जानकारी दिए । घोराहीबाट दंगीशरणको सीमानासम्म खोजी गर्दा पनि बाढीले बगाएका युवक फेला पार्न नसकिएको उनले बताए ।
‘त्यस दिन पानीको बहाव बढी भएको हुँदा धेरै टाढा पु¥यायो कि भन्ने आशङका रहेको छ । आज हामीले घटनास्थलदेखि दङ्गीशरणसम्म खोजेका हौँ । फेला पार्न सकिएको छैन । ’प्रवक्ता गौतमले बताए ।


