दिप्रुङ चुइचुम्मा खोटाङमा बाँदरको आतङ्क बढ्दै, ७ घर बसाई सर्न बाध्य – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दिप्रुङ चुइचुम्मा खोटाङमा बाँदरको आतङ्क बढ्दै, ७ घर बसाई सर्न बाध्य

    मा प्रकाशित

कनिका संवाददाता
असार २२, खोटाङ
खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान बनेका छन् । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खाका विभिन्न स्थानमा बाँदर दुम्सी, मृग,घोरल लगायतका वन्यजन्तुहरुले किसानहरुको मकैबालीलाई क्षति पु¥याउदा स्थानिय किसानहरुले हैरानी खेप्नुपरेको छ ।

सरकारले जमीन बाँझो नराख्ने नीति तथा कार्यक्रम अगाडि सारे पनि याम्खाका स्थानीय बासिन्दा भने बाँदरको आतङ्कले उर्वर जमिन बाँझै राख्न बाध्य भएको नेकपा जिल्ला सदस्य ओम कार्कीले जानकारी दिनुभयो । जिल्ला सदस्य कार्कीका अनुसार, याम्खाका साविक वडा नं.१ बर्लाम, वडा नं. २ काहुले, वडा नं. ४ कोटगाउका करिब ५ सय ५० रोपनी जग्गामा लगाइएको मकैबालीमा रातको समयमा तथा दिनको समयमा जुनसुकै बेला बाँदर आएर मकैको घोगा खाइदिने ,सुत्ला च्याप्न लागेको मकै काम नलाग्ने गरी लतारिदिने, गरेका छन् । साथै, याम्खाका ७ घर बाँदरकै कारण विस्थापित समेत भएका छन् ।

बाँदर एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पु¥याउँदा पनि समस्याको दीर्घकालिन समाधान नभएकाले संघ र प्रदेशले नीति बनाएर नियन्त्रण नगर्दासम्म यो समस्या समाधान नहुने स्थानियहरुको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्