क्रिकेट संघ दाङको अधिवेशन साउन २२ गते हुने – Kanika Khabar
Monday, February 16Nepali News Portal

क्रिकेट संघ दाङको अधिवेशन साउन २२ गते हुने

    मा प्रकाशित

घा्ेराही,१३ साउन ।

क्रिकेट संघ दाङ (क्यान)को अधिवेशन यहि साउनको २२ गते हुने भएको छ । क्रिकेट संघ दाङको शुक्रबार घोराहीमा बसेको अधिवेशन तयारी बैठकले यही आउने साउनको २२ गते संघको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

क्रिके संघ दाङका जिल्ला अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश क्रिकेट संघका प्रादेशिक सचिवालय सदस्य किशोरचन्द्र गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले संघको साधारणसभासँगै अधिवेशन गर्ने निर्णय गरेको हो । जसका लागि शनिबार साधारणसभाको सूचना जारी गर्ने र यसबीचमा संघका सदस्यहरुबीच अधिवेशनका बारेमा छलफल हुने क्रिकेट संघ जिल्ला सचिव सञ्जु केसीले जानकारी दिएका छन् ।

क्रिकेट संघ दाङमा हाल १८ जना मतदाता रहेका छन् । जसमध्य पुराना ११ जना, थप भएका २ जना र जिल्लामा रहेका ६ वटा क्रिकेट क्लवका अध्यक्षहरुले मतदान गर्न पाउने व्यवस्था रहेको नेपाल क्रिकेट संघका लुम्बिनी तथा कर्णाली खेलाडी छनोट समिति संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् ।

हाल थपिएकाहरु मतदाताहरुको हकमा दुई कार्यकाल जिल्ला कार्यसमितिमा काम गरेको, राष्ट्रिय स्तरको खेल खेलेका खेलाडी, आईसीसीको लेभव वन तालिम लिएका, अन्तर्राष्ट्रिय खेलाडी तथा क्लवका हकमा नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भएको र क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरको कुनै पनि प्रतियोगितामा भाग लिएको प्रमाणका आधारमा सदस्यता दिईएको क्रिकेट संघ दाङका अध्यक्ष मजगैयाले जानकारी दिएका छन् ।

क्यानको विधान अनुसार ८ देखि १५ सदस्यीय कार्यसमिति हुन सक्ने प्रावधान तोकेको भएपनि जिल्लामा १३ जनाको कार्यसमिति हुनसक्ने देखिएको उनले बताए । आउने कार्यसमितिको आकार यही नै अन्तिम हुने भन्ने नरहेको मजगैयाले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्