दाङ, १४ साउन ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्न प्रदेश सरकार लागि परेको बताएका छन् ।
नेपाल महिला सङ्घ दाङले आज आइतबार घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री खनालले जनताले निःशुल्क रूपमा प्राप्त गर्ने स्वास्थ्य र शिक्षालाई जनताको पहुँचमा पुराउनका लागि आफू लागि परेको बताएका हुन् ।
कार्यक्रममा बाेल्दै स्वास्थ्य मन्त्री खनालले भने, “प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्दै जनताले निःशुल्क रूपमा स्वास्थ्य र शिक्षा प्राप्त गर्ने अवस्था निर्माणका लागि परेका छौँ । त्यसका लागि सबैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्ने आवश्यक रहेको छ ।´
कार्यक्रममा सहभागी महिलाहरूले स्वास्थ्यमन्त्री खनाललाई प्रदेश सरकारले महिलाहरूको सशक्तीकरण र महिलाहरूको आर्थिकस्तरलाई सुधार गर्ने कार्यक्रम ल्याउन माग गरेका थिए ।


