आज प्रतिनिधिसभाकाे बैठक बस्दै : रायमाझीकाे पद निलम्बनकाे कार्यसूची – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

आज प्रतिनिधिसभाकाे बैठक बस्दै : रायमाझीकाे पद निलम्बनकाे कार्यसूची

    मा प्रकाशित

दाङ, १५ साउन ।

आज साेमबार प्रतिनिधिसभाको बैठक बस्ने भएकाे छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार सभामुखले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउने छन् ।

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने कार्यसूची रहेको छ ।

साथै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्