नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले थाल्याे घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान – Kanika Khabar
Monday, February 16Nepali News Portal

नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले थाल्याे घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान

    मा प्रकाशित

घोराही, श्रवाण १६ ।
नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान थालेको छ ।

अभियानको पहिलो चरणमा उपशाखाले घोराहीमा उपशाखाका कार्यसमिति तथा उपसमितिका सदस्यहरु तथा अटो भिलेजमा कार्यरत व्यवसायी संग डेङ्गु रोग नियन्त्रण तथा यसको रोगथाम सम्वन्धी सचेतना कार्यक्रम गरेको छ ।

सचेतना कार्यक्रममा डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपायका विषयमा छलफल भएको थियो । छुट्टाछुटै दुइ स्थानमा भएका कार्यक्रमहरुमा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्ती र वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक राधा पौडेलले डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपाएका वारेमा प्रशिक्षण दिएकी थिइन् ।
रेडक्रस घोराही उपशाखाले दोश्रो चरणमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि गत बर्ष डेङगो प्रभावित क्षेत्र अटो भिलेजका व्यवसायी, व्यवसायमा संलग्न कार्यरत कामदारहरूलाई लक्षित गर्दै “खोज र नष्ट गर” अभियान कार्यक्रम सम्पन्न गरेको छ । सचेतना कार्यक्रम उपशाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्तीको प्रमुख आथित्यता तथा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका मन्त्रि श्री प्रकाश श्रीवन्दकाे विशिष्ट आथित्यतामा सम्पन्न भएको थियो ।
उपशाखाले अगामी दिनमा “खोज र नष्ट गर” अभियान, महिला स्वास्थ्य स्वयमंसेविका र जुनियर रेडक्रस सर्कलका सदस्यहरुलाई डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि एक दिने सचेतना कार्यक्रम गरिने उपशाखा सभापति थम्मन चौधरीले जानकारी दिए । यस अघिको कार्यक्रम उपशाखा कोषाध्यक्ष दुर्गा खत्रीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रम सचिव इन्द्र बुढाथोकीले सहजीकरण गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्