स्कुल तोडफोड गर्ने त्रिलोक कार्की पक्राउ – Kanika Khabar
Monday, February 16Nepali News Portal

स्कुल तोडफोड गर्ने त्रिलोक कार्की पक्राउ

    मा प्रकाशित

देउखुरी, १८ साउन ।
सार्वजनिक मुद्दामा दोषी भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी त्रिलोक कार्की रहेका छन ।

कार्कीले केही महिना अगाडि जनज्योति माध्यामिक विद्यालय बेलामा प्रवेश गरी तोडफोड गर्नुका साथै शिक्षकमाथि हातपात समेत गरेका थिए । उनीबिरुद्ध प्रहरीमा उजुरी परेपछि कार्की फरार भएका थिए । कार्कीसँगै विद्यालयमा तोडफोड घटनामा संलग्न भएका आनन्द अधिकारी धरौटीमा रिहा भैसकेका छन् ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीका अनुसार अधिकारी रिहा भएपछि अब मलाई पनि केही हुँदैन भन्ने ठानेर कार्की घर फर्किएको जस्तो लाग्यो, घर फर्किएको केही दिनपछि साउन १० गते राति ११ बजे राति गाउँमा ट्याक्टर स्टार्ट गरेर लैजान खोज्दै गर्दा प्रहरीले समातेको हो । कार्की बिरुद्ध पहिले नै सार्वजनिक मुद्दा दर्ता छ भने अहिले फेरि चोरी मुद्दा दर्ता भएर म्याद थप भएको प्रहरी निरीक्षक वली बताए । कार्कीलाई म्याद थप भएर अनुसन्धान भैरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्