सम्भवतः आज नयाँ प्रहरी महानिरीक्षक नियुक्त हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सम्भवतः आज नयाँ प्रहरी महानिरीक्षक नियुक्त हुने

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
आज नेपाल प्रहरीका लागि नयाँ प्रहरी प्रमुख नियुक्त हुने सम्भावना बढेको छ । नयाँ प्रहरी प्रमुख छनौटका लागि आज मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न थालेको हो ।
अब नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।
हालका प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलि बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्