डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान : महिला स्वास्थ्य स्वयमसेविकासँग छलफल – Kanika Khabar
Friday, May 17Nepali News Portal

डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान : महिला स्वास्थ्य स्वयमसेविकासँग छलफल

    मा प्रकाशित

No description available.दाङ, १९ साउन ।
नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत आज महिला स्वास्थ्य स्वयमसेविकासँग छलफल गरेको छ । कार्यक्रममा डेङ्गु रोग नियन्त्रण तथा यसवाट बच्ने उपायका विषयमा छलफल भएको थियो । कार्यममा घोराही उपमहानगरपालिकाका वडा नम्बर १४ र १५ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो । घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्ती र वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक राधा पौडेलले डेङ्गु रोग नियन्त्रण तथा यसवाट वच्ने उपाएका वारेमा प्रशिक्षण दिएका थिए ।

अभियानको पहिलो चरणमा उपशाखाले घोराहीमा उपशाखाका कार्यसमिति तथा उपसमितिका सदस्यहरु तथा अटो भिलेजमा कार्यरत व्यवसायीसँग डेङ्गु रोग नियन्त्रण तथा यसको रोगथाम सम्वन्धी सचेतना कार्यक्रम गरेको थियो ।

साथै रेडक्रस घोराही उपशाखाले दोश्रो चरणमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि गत वर्ष डेङगो प्रभावित क्षेत्र अटो भिलेजका व्यवसायी, व्यवसायमा संलग्न कार्यरत कामदारहरूलाई लक्षित गर्दै “खोज र नष्ट गर” अभियान कार्यक्रम गरिसकेको छ । सचेतना कार्यक्रम उपशाखाका सभापति थम्मन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायण घर्तीको प्रमुख आथित्यता सम्पन्न भएको थियो ।

उपशाखाले अगामी दिनमा “खोज र नष्ट गर” अभियान, जुनियर रेडक्रस सर्कलका सदस्यहरुलाइ डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि एक दिने सचेतना कार्यक्रम गरिने उपशाखा सभापति थम्मन चौधरीले जानकारी दिए । उपशाखा उपसभापति सावित्रा रानाको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रम सचिव इन्द्र बुढाथोकीले सहजीकरण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्