माओवादी केन्द्रीय समितिको बैठक : सदस्यहरुले बोल्ने क्रम जारी – Kanika Khabar
Monday, February 16Nepali News Portal

माओवादी केन्द्रीय समितिको बैठक : सदस्यहरुले बोल्ने क्रम जारी

    मा प्रकाशित

काठमाडौँ, २० साउन ।
गत बुधबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । हिजो शुक्रबारसम्म बैठकमा १ सय ४१ जना नेताले आफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल केन्द्रित रहेको छ ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्