सल्यानमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला – Kanika Khabar
Monday, February 16Nepali News Portal

सल्यानमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला

    मा प्रकाशित

सल्यान, २१ साउन।
सल्यानमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. १४ धारपानीमा ४५ वर्षीया प्रमिला गिरीको घाँटी रेटी हत्या भएको छ ।

गिरीको घर नजिकै मकैबारीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो । आज बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजतलास गर्दैजादा मकैँबारीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्