काङ्ग्रेस महाअिधवेशन गर्ने मुख्य मिति कायम राखेर कार्यतालिका हेरफेर – Kanika Khabar
Thursday, April 18Nepali News Portal

काङ्ग्रेस महाअिधवेशन गर्ने मुख्य मिति कायम राखेर कार्यतालिका हेरफेर

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
नेपाली काङ्ग्रेसले महाअिधवेसनको तालिकामा हेरफेर गरेको छ । महाधिवेशन गर्ने मुख्य मिति कायम राखेर कार्यतालिका हेरफेर गरेको हो । आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित समयमा नै पार्टीको १४ औँ महाधिवेशन गर्ने निर्णय भएको छ ।
समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका भने हेरफेर गरिएको छ । काङ्ग्रेसको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो ।
गाउँनगर वडा अधिवेशन पुस ६ गते, गाउँनगरपालिका अधिवेशन पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते गरिसक्न परिपत्र गर्ने तयारी काङ्ग्रेसको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन माघ ६ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंँमा गर्ने निर्णय गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्