कनिका खबर
असार २३, दाङ ।
युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालय अन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्य–सचिवको जिम्मेवारी दिएको छ ।
असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले आफूले राखेपको दैनिक प्रशासनिक कार्यमा सघाउने बताउनुभययो । नयाँ ऐन अनुसार आफू नियुक्त भएको बताउँदै ढकालले आफू छोटो समयका लागि भएको पनि बताउनुभयो । नयाँ ऐन अनुसार सदस्यसचिव नियुक्त गर्नका लागि केही समय लाग्ने भएकाले मन्त्रालयले उहाँलाई अहिलेका लागि निमित्त सदस्यसचिवको रुपमा पठाएको हो ।
मा प्रकाशित