कांग्रेस दाङले थाल्यो विशेष अभियान – Kanika Khabar
Monday, February 16Nepali News Portal

कांग्रेस दाङले थाल्यो विशेष अभियान

    मा प्रकाशित

प्रमाेद आचार्य 

दाङ, २३ साउन ।

नेपाली कांग्रेसको आन्तरिक विशेष अभियान सुरु भएको छ । अभियान १०दिनसम्म चल्ने छ । नेपाली कांग्रेस दाङले कार्यक्रम गरेर अभियानको सुरुवात गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कमिटीको निर्णयानुसार साउन २० गतेदेखि साउन ३० गतेसम्मको अभियान चल्ने कांग्रेस दाङले जनाएको छ । अभियानको लागि जिल्ला आएका कांग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहितलाई पार्टीले स्वागत समेत गरेको छ ।

अभियानको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दहितले जिल्लालाई अझ चलायमान बनाउन र गतिशील बनाउन तथा हरेक गुनासो तथा टीकाटिप्पणीका एकिन प्रतिवेदन तयार गर्न अभियानको आयोजना गरिएको बताए ।

डा दहितले पार्टीका हरेक तह तथा तप्कामा बसेकालाई जिम्मेवारी दिएर सक्रिय बनाउने अभियानको उद्देश्य रहेको बताए । ‘पार्टीलाई चलायमान बनाउन केन्द्रीय कार्यसमितिको निर्देशन पर्खिरहन पर्दैन’, उनले भने, ‘पार्टीले आवश्यकता अनुसार योजना बनाएर काम गर्न सक्छ ।’

उनले जनताको सेवामा कांग्रेस भन्ने उद्देश्यले जनताको जनजिविकाको सवालमा सहयोग र सेवा भाव विस्तार गर्न निर्देशन समेत दिए । उनले तत्काल जनता सेवा दल निर्माण गर्न सुझाव समेत दिए । कांग्रेस दाङले १० दिने अभियानको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोपाल दहितको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण काग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्