निजी शैक्षिक संस्थाको काठमाडौँमा बृहत प्रदर्शन – Kanika Khabar
Monday, February 16Nepali News Portal

निजी शैक्षिक संस्थाको काठमाडौँमा बृहत प्रदर्शन

    मा प्रकाशित

No description available.

काठमाडौँ, २५ साउन ।
निजी शैक्षिक संस्थाका छाता संगठनहरुले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेका छन् । पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आज बिहीबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

विधेयकमा भएका निजी विद्यालयसम्बन्धी प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) ले असन्तुष्टि जनाउँदै आएका छन् ।प्रस्तावित विधेयकमा पाँच वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्नेलगायतका व्यवस्था गरिएको छ ।

No description available.

प्रदर्शनकारीले नियोजनमुखी विधेयक तत्काल खारेज हुनुपर्ने, शिक्षामा समान अवसर, अवसरमा समान पहुँच हुनुपर्ने, सामुदायिक शिक्षा सुधार्न र निजी शिक्षा नबिगार्न माग गरिएका लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

No description available.

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्