ढोका छोएको निहँुमा दलित बालकमाथि कुटपिट, दुई युवा पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ढोका छोएको निहँुमा दलित बालकमाथि कुटपिट, दुई युवा पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, सोलुखुम्बु
छुवाछुत कसुरमा सोलुदुधकुण्ड नगरपालिका ९ सिसाखोलाका दुई युवकलाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ । स्थानीय १६ वार्षीय दीपक बिश्वकर्मालाई ढोका छोएको निहुँमा कुटपिट गरेको आरोपमा सोही गाउँका ३१ वार्षीय तारा थापा मगर र २७ वर्षीय श्याम थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ ३१ गते घरको ढोका छोएको निहुँमा विश्व्कर्मामाथि कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा छुवाछुत कसुरमा मुद्दा दर्ता भएको छ । घटनाको विषयमा पीडितले असार ७ गते जाहेरी दिएपछि आरोपित दुबै जना फरार भएका थिए । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसान्धान गर्न सोलुखुम्बु जिल्ला अदालतले आदेश दिएको छ । कसुर प्रमाणित भएको खण्डमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजारदेखि २५ हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्