चेक अनादर मुद्दाका फरार प्रतिवादी प्रकाउ – Kanika Khabar
Friday, May 17Nepali News Portal

चेक अनादर मुद्दाका फरार प्रतिवादी प्रकाउ

    मा प्रकाशित

दाङ, २८ साउन ।

चेक अनादर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ लेटारका ३१ वर्षीय बीरेन्द्र खड्का रहेका छन् ।

खड्का दाङ जिल्ला अदालतबाट २०७९साल असार ३० गते चेक अनादर मुद्दामा २ वर्ष सजाय फैसला भई फरार रहेका थिए । उनलाई यही साउन २६ गते दाङ प्रहरीले घोराहीस्थित गोरखा बस्पिटल नजिकबाट पक्राउ गरेको हो ।

उनलाई आज नै जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्