मन्त्री मोदी सरकारबाट फिर्ता बोलाइए – Kanika Khabar
Monday, February 16Nepali News Portal

मन्त्री मोदी सरकारबाट फिर्ता बोलाइए

    मा प्रकाशित

काठमाडौँ, २९ साउन ।
मन्त्रीपरिषद्मा हेरफेर गर्ने निर्णय भएसँगै नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।

जनमत पार्टीलाई सरकारमा ल्याउन आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ४ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए।

उनी २०७० को दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सांसद बनेका थिए। उनी माओवादी जनयुद्धमा भूमिगत राजनीति गरेका नेतासमेत हुन्।

सिके राउत नेतृत्वको जनमत पार्टी यसअघि पनि सरकारमा सहभागी भएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको जनमतले भागबन्डामा उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाएको थियो।

अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीका ती पदाधिकारीले बताए । मोदीको ठाउँमा जनमत पार्टीकी नेतृ अनिता देवी मन्त्री बन्ने भएकी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्