अनलाइन कक्षा मात्र सञ्चालन भए अमेरिकाले विदेशी विद्यार्थी पठाउने – Kanika Khabar
Friday, February 14Nepali News Portal

अनलाइन कक्षा मात्र सञ्चालन भए अमेरिकाले विदेशी विद्यार्थी पठाउने

    मा प्रकाशित

एजेन्सी

कोरोना भाइरसको महामारीले अनलाइन कक्षामात्र सञ्चालन भए अमेरिकामा रहने विदेशी विद्यार्थी समस्यामा पर्ने भएका छन् ।

अमेरिकाको इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्ट ९आईसीई०ले आगामी सेमेस्टरबाट निरन्तररूपमा अनलाइन कक्षा मात्र सहभागि भएमा अन्तराष्ट्रिय विद्यार्थीहरूले आफ्नो देश फर्कनु पर्ने जनाएको छ ।
अहिले कोभिड–१९ को महामारीको कारण अमेरिकामा रहेका अधिकांश विश्वविद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चानल गर्दे आएका छन ।

आईसीईका अनुसार अन्तराष्ट्रिय विद्यार्थीले अनलाइन कक्षामात्र लिएमा उनीहरूले विद्यार्थी भिसाको नियम उल्लङ्घन गरेको ठहरिनेछ ।

आईसीईको प्रावधान अनुसार अन्तराष्ट्रिय विद्यार्थीले प्रति सेमेस्टर तीन भन्दा वढी कक्षा अनलाइनमा लिन पाउदैनन् । अहिले अमेरिकामा ११ लाख भन्दा वढी अन्तराष्ट्रिय विद्यार्थी विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत छन् ।

आईसीईको यो नयाँ नियमले अमेरिकामा अध्ययनरत १४ हजार भन्दा बढी नेपाली विद्यार्थीहरू प्रभावित हुनेछन् । अन्तराष्ट्रिय विद्यार्थीले अमेरिकाको अर्थतन्त्रमा ४५ बिलियन डलर भन्दा बढि योगदान गर्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्