रूकुम पश्चिममा सडेकाे अवस्थामा दुई शव फेला – Kanika Khabar
Friday, May 17Nepali News Portal

रूकुम पश्चिममा सडेकाे अवस्थामा दुई शव फेला

    मा प्रकाशित

रुकुम पश्चिम, १ भदाै ।
रुकुम पश्चिममा दुई वटा शव सडेकाे अवस्थामा फेला परेका छन् । जिल्लाकाे दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको हाे ।

जिल्लाकाे मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार मुसीकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको शव स्थानीय सिस्नेखोलीको जङ्गलमा भेटिएको हो । नेपाली गएको साउन १७ गतेदेखि हराउनुभएको थियो ।

त्यस्तै, आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव भेटिएको छ । फेला परेका शवको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्