कनिका संवाददाता
असार २३, काठमाडौं ।
नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । गएको २४ घन्टामा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । गएको २४ घन्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म २ लाख ६१ हजार ८६१ जनाको पीसीआर भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा रहनेको सङ्ख्या २५ हजार ७ सय २७ र आइसोलेसनमा रहनेको सङ्ख्या ८ हजार ६ सय ३४ जना रहेको छ ।
उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।