क्यानसर पीडित भूमि केसीलाई पतञ्जली योग समिति नारायणपुरले नगद आर्थिक सहयोग – Kanika Khabar
Friday, May 17Nepali News Portal

क्यानसर पीडित भूमि केसीलाई पतञ्जली योग समिति नारायणपुरले नगद आर्थिक सहयोग

    मा प्रकाशित

दाङ, २ भदाै ।

घोराही उपमहानगरपालिका १० कि क्यानसर पिडीत भूमि केसीलाई पतञ्जली योग समिति नारायणपुरले नगद आर्थिक सहयोग गरेको छ ।
आज बिहान नारायणपुरमा आयोजित एक कार्यक्रममा योग समितीका सदस्य तथा विभिन्न व्यवसायीहरुहरुबाट स्वयीच्छीक रुपमा संकलन गरिएको नगद ५० हजारको चेक क्यानसर पिडीत भूमि केसीलाई हस्तान्तरण गरिएको थियो ।
ठुलो आन्द्रामा क्यानसर भएको र उपचारका लागि रकम अभाव भएको भन्दै नारायणपुरका योग समितीका सदस्य तथा व्यवसायीहरुबाट आर्थिक संकलन गरेर पिडित महिलालाई सहयोग गरिएको योग प्रशिक्षक दानबहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
क्यानसर अस्पताल चितवनमा उपचार गराइरहनु भएकी भूमी केसीले ८ वटा किमो चढाइ सकेको र थप अरु ४ वटा किमो चढाउनु पर्ने भएकोमा आर्थिक सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो भने अन्य सहयोगी मनहरुलाई सहयोग गरिदिन र आफ्नो ज्यान बचाइदिन आग्रह गर्नु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्