विदेशबाट फर्किएर पुष्पखेती, मासिक १ लाख कमाइ – Kanika Khabar
Friday, May 17Nepali News Portal

विदेशबाट फर्किएर पुष्पखेती, मासिक १ लाख कमाइ

    मा प्रकाशित

घोराही,२ भदौ । ७ वर्षसम्म कतारमा सडक सजाउने काम गरेका रोल्पा सुनछहरी–७ जेलवाङ निवासी लोकेन्द्र रोकामगर ९ वर्षयता घोराहीमा फूलखेती गर्दै आउनुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १४ लोहासुर र वडा नं. १७ को सुनडवरीमा पुष्पखेत गर्दै आउनुभएका लोकेन्द्रले फूलाएका बिभिन्न प्रजातिका फूलसँगै फूलका विरुवाहरु विक्री गरेर मासिक १ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । जिल्ला बाहिरबाट आयात हुने पूmललाई रोक्नेगरी का लागि आफुले २०७१ सालमा १ कट्ठा जग्गाबाट फूलखेती सुरु गर्नुभएका उहाँले अहिले दुई विगाह बढी क्षेत्रमा व्यवसाय गर्दै आउनुभएको छ ।

सफल फूलखेती व्यवसायीका रुपमा परिचित लोकेन्द्रले भन्नुहुन्छ,‘लामो समय विदेश बसेर फर्किएपछि स्वदेशमै केही नयाँ व्यवसाय के गर्ने सोच बनाए तर हातमा कुनै सिप थिएन् । त्यही भएर पहिलो बर्ष १ कट्ठा जमिन भाडामा लिएर सयपत्री फुल खेती सुरु गरेको थिए । पहिलो बर्षमै राम्रो आम्दानी भएपछि पूmल व्यवसायलाई बढाउँदै यहाँसम्म आइपुगेको छु, अहिले राम्रै भइरहेको छ ।’

जलजला पुष्प खेतीका नाममा व्यवसायीक फम दर्ता गरी पूmल खेती गर्दै आउनुभएका लोकेन्द्रले १ सय ५० प्रजातिका फूलखेती गर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो,‘फूलको उत्पादन, बजार र मुनाफा राम्रो हुने भएपछि व्यवसायलाई बढाउँदै लगेको छु । अहिले घोराहीमा हुने प्राय कार्यक्रमहरुसँगै घर,अफिस मठमन्दिर,पार्कलगायतका ठाउँहरुमा पूmलसँगै विरुवाहरु जाने भएकाले राम्रै आम्दानी भइरहेको छ ।’

जिल्लामा हुने विवाह, उत्सवदेखि राजनीतिक दलका सभासमारोहका लागि आवश्यक पर्ने फूल पु¥याउँदा विक्रीमा समस्या नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘पूmलसँगै विरुवाहरुको जिल्लामा राम्रो विक्री हुने गरेको छ । कहिलेकाही जिल्लाबाहिरबाट पनि विरुवाहरु किन्नका लागि आउने गर्नुहुन्छ ।’ उहाँका अनुसार नर्सरीमा विरुवाहरु लिन दैनिक २५ देखि ३५ जनासम्म मानिसहरु आउने गरेको बताउनुहुन्छ । नर्सरीबाट न्युनतम ३५ रुपैयादेखि १७ सय मुल्य पर्ने विभिन्न १ सय ५० जातका फूलका बिरुवाहरु उत्पादन र बिक्री गर्दै आउनुभएको छ ।

जिल्लामा अन्य समयभन्दा तिहारको समयमा सयपत्री फूलको माग बढी हुने गरेको उहाँ बताउनुहुन्छ । त्यसैलाई मध्यनजर गरेर लोकेन्द्रले करिव डेढ विगाह क्षेत्रफलमा कर्मा त्रिपल फाइभ,कलकतियाजातका सयपत्री फूलको खेती समेत गर्दै आउनुभएको छ । आफ्नै गाँउठाँउमा केही गर्छु भन्ने परिश्रमीका लागि थोरै लगानीबाट पनि व्यवसाय गर्न र राम्रो आम्दानी लिन सकिन्छ भन्दै लोकेन्द्रले भन्नुभयो,‘विदेशमा काम सडक कालोपत्रे गर्ने भएपनि कमाई राम्रै थियो । अर्काको ठाउँमा काम गर्नुभन्दा आफ्नै ठाउँमा केही गरौ भनेर नयाँ व्यवसाय गर्दा राम्रो आम्दानीसँगै विदेशको कमाइलाई विर्साउने काम गरेको छ ।’

विदेशबाट फर्किएर उद्यम जोडिनुभएका लोकेन्द्रले घोराही उपमहानगर पालिका, कृषि ज्ञान केन्द्र दाङ र लुम्बिनी प्रदेश सरकारबाट ३ पटक गरेर करिव ७ लाख रुपैया अनुदान समेत प्राप्त गरेको बताउँनुहुन्छ । विदेशको बसाइलाई छोडेर पूmलखेती गर्नुभएका लोकेन्द्रले पूmलखेतीका लागि भाडामा ल्याउनुभएको जग्गाको बार्षिक ९० हजार भाडा तिर्ने गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्