सुशासनको अभियान सबै स्थानीय तहमा चलाउनुपर्छ: मन्त्री शर्मा – Kanika Khabar
Monday, February 16Nepali News Portal

सुशासनको अभियान सबै स्थानीय तहमा चलाउनुपर्छ: मन्त्री शर्मा

    मा प्रकाशित

प्युठान, ३ भदौ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सुशासनको अभियान सबै स्थानीय तहका सन्चालन गर्नुपर्ने बताउनुभएको छ ।स्थानीय तहदेखी हरेक सेवाप्रवाह गर्ने निकायको कामले नै नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सवै तह र निकायको सामुहिक प्रयास आवश्यक हुने औल्याउनु भयो।
प्युठानको प्युठान नगरपालिकाले आयोजना गरेको अन्तर्कृयालाई सम्बोधन गर्दै उहाँले जनताको दैनिक सेवा प्रवाहको मुख्य निकाय स्थानीय तह भएकाले सबै स्थानीय तहमा सुशासनको अभियान सन्चालन गर्नुपर्ने बताउनुभयो ।
स्थानीय तहको सेवाले नागरिकमा सरकारप्रतिको धारणा निर्माण गर्ने हुनाले सबै तह र निकायको सामूहिक प्रयास आवश्यक रहेको उहाँले स्पष्ट गर्नुभयो । सरकारले गरेको र गुणस्तरिय सेवाप्रवाह र भ्रष्टाचार विरुद्घको अभियान सवै तहमा सञ्चालन गरेमा अभियानले छिटै सार्थकता पाउने उहाँले बताउनुभयो।
अर्को प्रसङ्गमा मन्त्री शर्माले सडक विकासको मेरुदण्ड भएकाले सडक सुधार तथा विस्तारमा सर्वपक्षिय सहमति गर्नुपर्ने वताउनुभयो । भालुवाङ-प्युठान सहायक राजमार्गको चेरनेटा-बाग्दुला-सारिवाङ सडकखण्ड बिस्तार गर्ने सवालमा स्थानीय तह र सवै राजनीतिक दलले साझा सहमतिको आधारमा निस्कर्ष निकाल्नुपर्ने उहाँले बताउनुभयो ।
भालुवाङ प्युठान सडकखण्डको विस्तारका लागि सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पहल थालिएकाले प्युठानको मुख्य बजारक्षेत्र हुँदै जाने सडकहरु विस्तारका लागि स्थानीय सरकारको अगुवाइमा साझा धारणा बनाएर विकास निर्माणलाई सहज बनाउनुपर्ने मन्त्री शर्माले बताउनुभयो ।
प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्यहरु तुल्सीराम पोख्रेल, निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, लुम्विनी प्रदेशका पूर्वअर्थमन्त्री कृष्णध्वज खड्का, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला र सडकको क्षेत्र विस्तारवाट प्रभावित हुने स्थानीयको उपस्थिति रहेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्