अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी – Kanika Khabar
Monday, February 16Nepali News Portal

अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी

    मा प्रकाशित

दाङ, ३ भाद्र ।

अप्टिमिस्ट क्लब घोराहीको अध्यक्षमा सनत गिरी चयन हुनुभएको छ । क्लबको आइतबार घोराहीमा सम्पन्न प्रथम अधिवेनबाट सन् २०२३/०२४ का लागि घोराही १५ निवासी गिरी अध्यक्षमा चयन हुनुभएको हो ।

क्लबको प्रेसिडेन्ट इलेक्टमा मुकेश्वर शर्मा, उपाध्यक्षमा प्रवेशराज जोशी, सचिवमा अमर अधिकारी, कोषाध्यक्षमा प्रदीप सिंह गहतराज, निर्देशकहरुमा किरण गौतम, किरण न्यौपाने र तेजविक्रम रावत चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष गिरीलाई संस्थापक अध्यक्ष निशान्त आचार्यले पदभार ग्रहण गराउनुभएको थियो ।

सन् १९११ मा न्युयोर्क अमेरिकामा स्थापना भएको अप्टिमिस्ट क्लबमा हाल नेपालभर ४७ वटा क्लबहरु रहेका छन् । सन् २०२१ मा नेपालमा स्थापना भएको क्लब विश्वका २९ वटा देशहरुमा स्थापना भई हाल ८० हजार बढी सदस्यहरु क्रियाशील छन् ।बालबालिकाहरुलाई विशेष महत्व दिनुका साथै उनीहरुको पूर्ण क्षमतामा विकास गर्ने स्वयंसेवी संस्थाका रुपमा क्लब विश्वव्यापी रुपमा परिचित छ । अप्टिमिस्ट क्लब युवाहरुको नेतृत्व विकास एवं सकारात्मक दृष्टि ल्याउने उद्देश्यका साथ क्रियाशील अन्तर्राष्ट्रिय संस्था हो ।

जीवन दर्शनको रुपमा आशावादको विकास गर्न, राम्रो सरकार र नागरिक मामिलाहरुमा सक्रिय चासो प्रवद्र्धन गर्न, कानूनको सम्मान गर्न प्रेरित गर्न, देशभक्ति एवं सबै मानिसहरुबीच अन्तर्राष्ट्रिय सम्झौता र मित्रताको लागि काम गर्ने समेत क्लबको उद्देश्य रहेको छ ।

मानवीय सेवामा अर्पित हुँदै मानव जाति, सामुदायिक जीवन र विश्वको हितलाई अगाडि बढाउने विश्वासमा युवाहरुको विकासमा सहयोग र प्रोत्साहन गर्न क्रियाशील छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्