त्रिशूली बस दुर्घटना अपडेट : आठ जनाकाे मृत्य – Kanika Khabar
Monday, February 16Nepali News Portal

त्रिशूली बस दुर्घटना अपडेट : आठ जनाकाे मृत्य

    मा प्रकाशित
तस्बिर: नवीनराज पौडेलको फेसबुकबाट।

काठमाडौं, ६ भदाै ।

काठमाडौंबाट पाेखरा जाँदै गरेकाे बस त्रिशूलीमा खस्दा आठ जनाकाे मृत्युु भएकाे छ ।

काठमाडौंबाट पाेखरा छुटेकाे बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हाे । दुर्घटनामा परी आठ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको र आठ जनाकाे घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्