उपत्यकामा कोरोना सङ्क्रमित बढ्न थाल्यो, सचेत रहन विज्ञहरुको सुझाब – Kanika Khabar
Friday, March 29Nepali News Portal

उपत्यकामा कोरोना सङ्क्रमित बढ्न थाल्यो, सचेत रहन विज्ञहरुको सुझाब

    मा प्रकाशित

कनिका संवाददाता
असार २३, काठमाडौं ।

देशका अन्य जिल्लाको तुलनामा काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै सचेत रहन डाक्टरहरुले सुझाब दिएका छन् । सरकारले पनि बिदेशबाट आउनेहरुलाइ सुरक्षित तबरले बस्न आग्रह गरिरहेको छ । लकडाउनको सुरुवाती दिनमा मानिसहरु सचेत भएर सुरक्षित तवरले हिंडिरहेका भएपनि अहिले भने बजार पसलहरु खुल्न थालेको छ । कार्यालयहरु खुलेका छन् । जसका कारण सडकमा मानिसहरुको भिडभाड देखिएको छ ।

निजि सवारी साधन चलाएर हिंड्दा पनि सचेत रहन चिकित्सकहरुको सुझाब छ । एक अर्का बीचमा दूरी कायम गर्न, अनावश्वयक भेटघाट र भिडभाड नगर्न र आफ्नो स्वास्थ्य प्रति सचेत रहन सरकारले आग्रह गर्दा, गर्दै पनि नमानेका कारण कोरोना समुदाय स्तरमा फैलने खतरा भएको विज्ञहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना सङ्क्रमित भएका छन् । हिजो मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ सङ्क्रमित थपिएका थिए । अहिलेसम्म ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ ।

लकडाउन खुकुलो पारेपछि काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको दर बढेको र उपत्यकामा भेटिएको कोरोना सङ्क्रमित मध्ये अधिकांशको सङ्क्रमण स्रोत फेला नपरेपछि समूदायमा सङ्क्रमण फैलिएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् । यस्तो बेला घर बाहिर निस्कदा विशेष साबधानी अपनाउन उनिहरुको सुझाब छ । साथै घरमा रहेका कोरोना जोखिम समूहलाई छुट्टै र सुरक्षित राख्नुपर्ने जनस्वाथ्य विज्ञ समिरमणी दिक्षितले बताउनुभयो । कोरोना सङ्क्रमण बढ्ै जाँदा, बजार तथा पसलमा बस्नेहरुले विशेष साबधानी अपनाउनु पर्ने विज्ञहरुले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्