खुला कपर्दी प्रतियोगिता २०८० हुँदै – Kanika Khabar
Monday, May 13Nepali News Portal

खुला कपर्दी प्रतियोगिता २०८० हुँदै

    मा प्रकाशित

लक्ष्मण बस्नेत
दाङ, १३ भदौ ।
दाङको तुलसीपुरमा खुला कपर्दी प्रतियोगिता २०८० हुने भएको छ ।
युथ स्पोर्ट्स एकेडेमी तुलसीपुर दाङको आयोजनामा हुने प्रतियोगिता यही भदौ १५ गते शुक्रबार देखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे हुने आयोजक युथ स्पोर्ट्स एकेडेमी तुलसीपुरका अध्यक्ष सुजन थापा मगरले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता टिमले नगद २० हजार,ट्रफी,मेडल प्रमाणपत्र र तृतिय स्थान हात पार्ने सेमिफाइनल सम्म पुगेका दुई टिम लाई प्रमाणपत्र, मेडल,कपको ब्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

भदौ १७ गते सम्म संचालन हुने प्रतियोगितामा १२ बढी टिमको सहभागीता रहनेछ । यसैबिच आयोजकले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडिहरुको उमेर २२ वर्ष मुनिको हुनुपर्ने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्